जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्रिकेटर लामिछानेले पाए जेलबाहिरै रहेर मुद्दा लड्ने अनुमति

जन्मभुमि खबर ,
पोखरा ।

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति पाएका छन् ।

उच्च अदालत पाटनले बिहीबार उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दाेषी ठहर ठहर गर्दै आठ वर्ष कैद सजाय तोकेको थियो । त्यस फैसलामा चित्त नबुझाउँदै सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

जिल्ला अदालतकाे फैसलाको पुनरावेदनका लागि उच्च अदालत पाटन पुगे सन्दीप लामिछाने