जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको माछापुच्छ्रेको भीरमा जर्मन युवती मृत फेला

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीमा एक जर्मन युवती मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला पर्नेमा जर्मन नागरिक २१ वर्षीया पिला जोस छिन् ।

शनिबारदेखि बेपत्ता उनलाई सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले खोजतलासको क्रममा आइतबार बिहान भीरमा मृत अवस्थामा फेला पारेको हो । सशस्त्र प्रहरी बलको उद्धार टिमले जर्मन घर भएर पोखरा घुम्न गएकी पिया जोसको शव निकालेको हो ।

उनी अमेरिकन केटा साथीसँग घुम्न गएको बेला कास्कीको माछापुच्छ्रे गाउँपालिका- १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेर बेपत्ता भएकी थिइन् ।
रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।

माछापुच्छ्रे घुमेर पोखरा फर्कने क्रममा उनी भीरबाट खसेको बयान उनका अमेरिकन केटा साथीले दिएका छन्। प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन ।

आफ्नी साथी भीरबाट खसेको भन्दै ती अमेरिकन युवकले शनिबार साँझ स्थानीय प्रहरीलाई जानकारी गराएपछि सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको थियो ।

खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नम्ब २४ कालीका गण कास्कीबाट खोजतलासको लागि १५ जनाको विशेष  खोज तथा उद्दार टिम खटिएको थियो।

युवतीको मृत्यु भएपछि प्रहरीले थप अनुसन्धानको लागि उनका केटा साथीलाई नियन्त्रणमा लिएको छ।