जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा माछा मार्ने क्रममा सेतीमा हराइरहेका एक व्यक्ति खोज्नका लागि सेती नदीको ड्याम खोलिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनसार माछा मार्ने क्रममा पोखरा १ सिम्पानीका मानबहादुर भन्ने सार्की लामा तामाङ फागुन १३ गतेदेखि हराइरहेका छन् ।
उनीसँगै गएका एक जना मृतावस्थामा भेटिएका छन् । फागुन १७ गते बिहीबार आज बिहान ८ बजे नहर खोलेर सेतीमा पानीको वहाव बढाइने प्रहरीले जनाएको छ ।
प्रहरीले भनेको छ- दीपमा रहेको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाइ खोजतलास गर्नु पर्ने भएकोले उक्त मिति र समयमा सेती नदीमा पानीको बहाफ बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सुचना प्रकाशन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको टोलीले खोजतलास गर्दा मानबहादुर फेला नपरेपछि ड्याम खोलेर खोजतलास गरिदिन आफन्तले प्रहरीमा निवेदन दिएका थिए ।