जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अवैध काठ सहित पोखरामा बोलेरो जिप प्रहरीको नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा अवैध काठ सहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

वडा नम्बर १९ भुनपुरे पुरनचौर बाट लामाचौर तर्फ आउदै गरेको अबैध ग २ च ५३५७ नम्बरको बोलेरो जिपलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चिरुवा काठ फल्याक ७२ थान लोड गरी ल्याएको र उक्त काठको प्रयोजन खुल्ने कुनै कागजात नभएको हुँदा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

उक्त जिपलाई अनुसन्धान एवं कारवाहीको लागी डिभिजन वन कार्यालय बगरमा राखिएको कास्की प्रहरीले जनाएको छ ।