जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

श्री कृष्ण माविकाे अध्यक्षमा शोभाचन्द्र बराल

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामहानगर पालिका वडा नं. ७ मा रहेको एक मात्र सामुदायिक विद्यालय श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शोभाचन्द्र बराल चयन भएका छन । यस अघि उनि विद्यालय व्यवस्थापन समितिकै जेष्ठ सदस्यका रुपमा अध्यक्षको कार्यभारमा रहेका थिए ।

समितिका सदस्यहरु पुषोत्तम रेग्मी, पार्वती पनेरु, देव बहादुर घताने, गंगा थापा सहित पदेन सदस्य पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्य बिचको वैठकले बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थामा सक्रिय बराल विद्यालयको भौतिक तथा समग्र विकासमा लागि पर्नु भएको व्यक्ति हो । उनि विद्यालयको प्रमुख चन्दादाता समेत हुन । विद्यालयमा रहेका विविध समस्यालाई निवारण गर्दै आफु नेतृत्वको समितिले स्मरण योग्य काम गर्न लागि पर्ने प्रतिवद्धता जनाए ।

लामो समय सम्म चयन हुन नसकेको विद्यालय व्यवस्थापनको नेतृत्वको टुङ्गो लागे सगै अब विद्यालयले थप गति लिनेमा आफु विश्वस्थ रहेको वडा अध्यक्ष आचार्यले बताए । वैठकको सहजिकरण विद्यालयका निमित प्रध्यानाध्यापक विमला कुमारी बरालले गरेकी थिइन ।