जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट बाल विवाह मुद्धाका फरार दुई महिला पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट दुई जना महिला बाल विवाह मुद्धाका फरार प्रतिबदि लाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

२०७९ साल माघ २५ गते कास्की जिल्ला अदालतबाट भएको फैसला अनुसार बाल विबाह मुद्धामा ३ महिना कैद र पच्चिस सय रुपैयाँ जरिवाना र पिडित राहात कोषमा २ सय जरिवाना फैसला भई २ महिना १८ दिन कैद सजाय र २ हजार ५ सय जरिवाना पिरको २ सय भुक्तान गर्न बाँकी रहेकी जिल्ला कास्की अन्नपुर्ण गाँउपालिका वडा नं १ बस्ने सरस्वरी वि क भन्ने बुद्धिसरा वि क र सोहि ठाउ बस्ने बिनिता सुनारको हकमा ३ महिना कैद सजाय र २ हजार ,५ सय जरिवाना पिरको २ सय भुक्तान गर्न बाँकी भई फरारको सुचीमा रहेका थिए ।

निज प्रतिवादीहरुलाई खोजतलास गर्दै जाने क्रममा उनिहरुलाई फागुन १६ गते हरिचोकबाट पक्राउ गरि अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।