जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रूसी सेनामा कार्यरत रसुवाका एक युवकको निधन

जन्मभुमि खबर ,
पोखरा ।

रुसी सेनामा कार्यरत नौकुण्ड गाउँपालिका – ५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको छ। उनी गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए । मृतकका आफन्त बुद्धि मोक्तानका अनुसार कार्तिक अन्तिममा क्रोयसिया छु भनेर कुरा भएको थियो ।

‘केही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो,’ उनले भने ।
मृत्युको खबरले उनको परिवार शोकमा डुबेको छ ।

योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ।

उनको परिवारमा बुढी आमा,श्रीमती  र दुईजना छोराछोरी छन् । उनका दुई भाइ मलेसियामा छन् ।