जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रिय सभाका लागि गठबन्धनमा भागबण्डा मिल्यो

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले भागबण्डा टुंगो लगाएका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट ४ दलले साझा उम्मेदवारी दिने तय भएको हो ।

कांग्रेस नेता रमेश लेखकका अनुसार, निर्वाचन हुने १९ स्थानका लागि कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ स्थानमा उम्मेदवारी दिनेछन् ।

क्लस्टरका विषय पनि धेरै ठाउँमा टुंगो लागिसकेको लेखकले बताए। बाँकी एकदुई ठाउँको बारेमा बसेर टुंग्याइने छ। ‘दुई तीन घण्टामा क्लस्टर पनि टुंगिन्छ’, बैठकपछि पत्रकारसँग लेखकले भने ।

फागुन २० पछि राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीको २, जसपाको १, स्वतन्त्र १, मनोनित (एमाले) १ सांसदको पद रिक्त हुँदै छ। मनोनितबाहेक १९ स्थानका लागि माघ ११ मा निर्वाचन हुँदैछ ।