जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ब्राउन सुगर सहित पोखराबाट १ जना पक्राउ

पोखराबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् ।

पोखरा १७ छोरेपाटनबाट स्याङ्जा भीरकोट नगरपालिका १ घर भई पोखरा १५ कोलपाटन बस्ने ३४ वर्षका अनिल गुरुङ पक्राउ परेका हुन् ।

शङ्कास्पद अवस्थामा हिँडेपछि उनलाई खानतलासी गर्दा ६.२ ग्राम ब्राउन सुगर बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

उनले झोलामा ब्राउन सुगर राखेका थिए ।गुरुङलाई जिल्ला अदालतबाट लागू औषध मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।