जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लेकसाइडमा पर्यटकलाइ दु:ख हैरानी दिने ६ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा लेकसाइडमा पर्यटकलाइ दु:ख हैरानी दिने ६ जना पक्राउ परेका छन ।

हल्लनचोक एरियामा मंगलबार राती ८ बजे पर्यटकलाइ दु:ख हैरानी दिने , बाटो छेक्ने , ब्याग तान्ने , होटल पुर्‍याइदिन्छु भनी पैसाको बार्गेनिङ गर्ने तथा सार्वजनिक स्थानमा होहल्ला गरि अशान्ति मच्चाउने जस्ता कार्यहरु भैरहेको भन्नी सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलिले उनिहरुलाइ नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा लेकसाईड बस्ने २२ वर्षीय सुदिप अर्याल , २६ वर्षीय संदिप गिरी , १९ वर्षीय सुमन शर्मा , २० वर्षीय नेत्र बहादुर प्रधान , २३ वर्षीय सुशिल महतो र २६ वर्षीय राजन पौडेल रहेका छन ।

पक्राउ परेकाहरूललाइ जिल्ला अदालत कास्कीबाट सार्वजनिक हित , स्वास्थ , सुरक्षा , सुविधा र नैतिकता मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।