जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टाइगर कप भलिबल :हरियाणा टिम विरुद्ध आर्मीको कठिन जीत

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मीले भारतको हरियाणा टिम विरुद्ध कठिन जीत निकालेको छ । मंगलबार भएको प्रतिस्पर्धामा आर्मीले ३–२ को सेटमा हराएको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले हरायो । दोस्रो सेट २०–२५ र तेस्रो सेट १८–२५ ले हरियाणाले जित्यो । चौथो सेटमा आर्मी लयमा फर्किँदै २५–१७ को जित निकालेर २–२ मा पुर्‍यायो ।

अन्तिम सेटमा १५–१२ को जित निकाल्दै आर्मीले अघिल्लो चरणको यात्रा जीवित राखेको छ ।