जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका -४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान ८ बजेतिर महोत्तरीको भंगहाबाट जयनगरतर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए । टीटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डीएसपी अवाले बताए ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी अवाले बताए ।