सुनचाँदीको मूल्य बढ्यो
जन्मभुमि खबर ,
पोखरा ।
स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको पाँच रुपैयाँले बढेर कारोबार भएको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा करोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।