सुनचाँदीको मुल्य बढ्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको छ ।
आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।