जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा झरेको छ ।