सुनको मुल्य स्थिर, चाँदीको घट्यो
जन्मभुमि खबर ,
पोखरा ।
साताको तेस्रो दिन मगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ ।
सोमबारको तुलनामा मंगलबार चाँदीमा तोलाको २० रुपैयाँले कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने मंगलबार १ हजार ३७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।