सुनको मुल्यमा सामान्य वृद्धि
जन्मभुमि खबर ,
पोखरा ।
बुधवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार तोलामा १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबिच बुधवार चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।