जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सर्वोच्चको गेट अगाडि मट्टितेल छर्किएर न्यायाधीश पत्नीद्वारा आत्मदाहको प्रयास

जन्मभुमि खबर ,
पोखरा ।

न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।

आइतबार प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गर्नासाथ सुरक्षाकर्मीको आँखा छल्दै अदालत प्रवेश गरेकी उनले शरीरमा मट्टितेल खन्याएर आगो सल्काउने प्रयास गरेको हुन् । शरीरमा आगो लगाउने प्रयास गर्नासाथ प्रहरीले उनलाई रोकेर नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई उद्धार गरी वीर अस्पताल लगेको जनाइएको छ ।

आरतीले न्ययाधीशसमेत रहेका श्रीमान भुवनगिरीमाथि बलात्कारको मुद्दा हालेकी छिन् । त्यस्तै उनलाई थुनामा राख्न माग राख्दै निरन्तर आन्दोलनरत छिन् ।

त्यसो त न्यायाधीश गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो ।

पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।