जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सर्लाहीमा अस्पतालको विवादमा प्रदर्शन, गोली लागेका घाइतेको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

नगर अस्पताललाई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति सिर्जना भएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एकजना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे । मृततकको पहिचान भने खुलेको छैन । अन्य केही व्यक्ति घाइते भएका छन् ।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

नगर अस्पताललाई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति सिर्जना भएको हो ।

विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेको थियो । नगरपालिका प्रमुख कटुवालका अनुसार १५ शय्याको नगर अस्पताललाई ५० शय्याको बनाउने सहमति गर्दै मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो ।

यसलाई समाधान गर्न आज सर्वदलीय बैठक डाकिएको थियो । आन्दोलनकारीले नगर प्रमुखको घरमा तोडफोड र एउटा गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।