जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेविरुद्ध युवराज सफलले हाले संसदीय समिति र सभामुखसमक्ष उजुरी

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ।

आफूलाई अभियान्ता बताउँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्।

उनले उजुरीमा सहकारीको रकम हिनामिनाका सम्बन्धमा आएका समाचारका साथै लामिछानेको खातामा सहकारीबाट १ करोड ८० लाख गोरखा मिडिया नेटवर्कको बेहर खरिद बिक्रीको कागजसमेत भएको सार्वजनिक भएकाले छानबिन गरिदिन माग गरेका छन्।