जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

म्याग्दीमा एकजना वृद्धाको हत्या, जोगाउन गएका दुईजना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुंगा (छपनी) प्रहार गरेर एकजनाको हत्या गरिएको छ । दुईजना घाइते भएका छन् ।

छपनी प्रहार गरिँदा मालिका–७, बिमवाङकी ७० वर्षीया मनीषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

घाइते दुवैलाई थप उपचारका निम्ति दरवाङबाट हेलिकप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको प्रनाउ कुँवरले जानकारी दिए । उनका अनुसार, दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो । प्रियंकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रनाउ कुँवरले जानकारी दिए । घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनले बताए ।