जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पोखराका पुरुष काठमाडौँबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १४ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेका छन् ।

गुरुङले दीपक राज कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु त्यसकोलागि ८,००,०००/ लाग्छ,माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु,मासिक १,२०,०००/ तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी  भन्दै ६ लाख १८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । गुरुङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।