जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माघ ९ गतेदेखि आहा रारा गोल्डकप, विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने

जन्मभुमि खबर ,
पोखरा ।

माघ ९ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा हुने आहा रारा गोल्डकपमा विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छन् । डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ ।

भुटानको पारो फुटबल क्लब र भारतको दिल्ली फुटबल क्लबले सहभागिता जनाउने प्रतिबद्धता आइसकेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख खर्च हुने अनुमान छ । बचत रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको छ ।

एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । यो चौथो ब्याच हो । प्रतियोगितामा उद्योगपति तथा पूर्व सांसद स्व। सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । त्यसैले उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको छ ।

प्रतियोगिताका विजेताले अघिल्लो इभेन्टमा १२ लाख पाएका थिए भने उपविजेताले ६ लाख पाएका थिए । अहिले पनि सोही पुरस्कार यथावत् रहने बताइएको छ । तर पुरस्कार राशि बढाउन आन्तरिक छलफल चलिरहेको क्लबले जनाएको छ ।