जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेनी बजारमा धारिलो हतियार प्रहार गरेर युवाको हत्या

जन्मभुमि खबर ,
पोखरा ।

म्याग्दीको बेनी बजारमा बिहिबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवाको हत्या भएको छ ।

रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । गर्बुजा बेनी नगरपालिका–८ पिपलचोकमा अस्थायी रुपमा बस्दै आएका थिए ।

प्रनाउ कुँवरका अनुसार बेनीको न्युरोडमा युवाहरूको समूहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको टाउको र छातीमा चोट लागेको थियो। थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान कार्य एकै साथ भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कुमार गरुङले बताए ।