जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लेखनाथ दुर्घटना अपडेट : कारचालक मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान

जन्मभुमि खबर ,
पोखरा ।

गत मंसिर २४ गते पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको घटनामा कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ठक्कर दिएपछि कार पनि सडक छेउमा पल्टिएको थियो , स्कुटर कार मुनि परेको थियो ।

सवारी ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त घटनामा डिल्लीराम बरालसमेतले चार चालक बानियाँलाई विपक्षी बनाई उजुरी दिएका थिए ।

गण्डकी मेडिकल कलेजमा अध्ययनरत् पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५, जिरो किलोमिटर की २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बिएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई उक्त दिन दिउँसो ४ बजेर १५ मिनेटमा ठक्कर दिएको थियो ।

यसैबीच, उक्त मुद्दामा आइतबार अदालतमा थुनछेक बहस हुने थाहा पाएपछि आरोपीलाई रिहा नगर्न नहुने माग गदै मृतकका आफन्त, नर्सिङ क्याम्पसमा पढ्ने विद्यार्थीहरु , आमा समूह, क्लब तथा स्थानीयले अदालतमा नाराबाजी गरेका थिए ।

सम्बन्धित समाचारहरु :

पोखरा लेखनाथ दुर्घटना अपडेट : अदालत अगाडी न्याय माग्दै आफन्त र विद्यार्थी

पोखरा लेखनाथ दुर्घटना अपडेट : उपचाररत जिरो किलोमिटरकि भावना बरालको पनि मृत्यु

पोखरा लेखनाथ अर्घौंचोकमा कार र स्कुटर ठोकिँदा स्कुटर चालकको मृत्यु, एक जना गम्भीर घाइते