जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लेखनाथ दुर्घटना अपडेट : अदालत अगाडी न्याय माग्दै आफन्त र विद्यार्थी

जन्मभुमि खबर ,
पोखरा ।

गत मंसिर २४ गते पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना युवती पोखरा २५ कि अनिशा खड्का र जिरोकिलोमिटर बस्ने २४ कि भावना बरालको मृत्यु भएको थियो सोहि घटनामा न्यायको माग गर्दै  र मृतकका आफन्तहरुले  प्रदर्शन गरेका छ्न ।

मृतकहरु लेखनाथ अर्घौंस्थित गण्डकी मेडिकल कलेजमा विडिएस (ब्याचलर इन डेन्टल सर्जन) मा अध्ययनरत रहेका थिए ।

न्यायको माग गदै नर्सिङ क्याम्पसमा पढ्ने विद्यार्थीहरु र मृतकका आफन्तहरु  आज कास्की जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सय जना भन्दा बढि मानिसहरुको सहभागिता रहेको थियो । घटना पश्चात अदालमा मुद्दा न्यायको माग गदै अदातलमा मुद्दा परेको थियो तर आज शुक्रवार भएकाले उक्त मुद्दा मुद्दा हेर्दा हेर्दैमा परेको छ भने आइतबारलाई तोकिएको छ ।

दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको थियोे । ठक्कर दिएपछि कार पनि सडक छेउमा पल्टिएको थियो , स्कुटर कार मुनि परेको थियो ।

सम्बन्धित समाचारहरु :

पोखरा लेखनाथ दुर्घटना अपडेट : उपचाररत जिरो किलोमिटरकि भावना बरालको पनि मृत्यु

पोखरा लेखनाथ अर्घौंचोकमा कार र स्कुटर ठोकिँदा स्कुटर चालकको मृत्यु, एक जना गम्भीर घाइते