जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा यति विमान दुर्घटना को १ बर्ष पुरा , दुर्घटनास्थलमा स्मृति स्तम्भ निर्माण

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा यति एयरलायन्सको जहाज दुर्घटना भएको आज एक वर्ष पुगेको छ ।

गत वर्ष २०७९ माघ १ गते काठमाडौंबाट पोखरा आउनेक्रममा पोखराको सेती खोँचमा बिहान १० बजेर ५७ मिनेटमा यति एयरको जहाज दुर्घटना भएको थियो ।

सो दुर्घटनामा क्यपाटेन सहित ७२ जनाले ज्यान गुमाएका थिए ।

यसैबीच आज दुर्घटना स्थलमा पोखरा महानगरले दुर्घटनास्थलसँगै स्मृति स्तम्भ बनाएको छ । दुर्घटनामा निधन भएका सबैको नाम, ठेगानासमेत राखिएको स्तम्भ पोखरा महानगरका प्रमुख धनराज आचार्यले अनावरण गरेका छन ।

दुर्घटनास्थलमा व्यवस्थित पार्क बनाउन यसपालि १० लाख बजेट विनियोजन गरेको बताए । “सेतीका दुवैतिरका वडाध्यक्षज्यूहरूलाई यसलाई व्यवस्थित गर्ने जिम्मेवारी दिएका छौँ । यहाँ र व्यवस्थित पार्क बनाउने छौँ,” उनले भने।

यसैबीच वडा नम्बर ७ र १५ को बिचमा पर्ने सेतीखोंचमा सानो झोलुङ्गे पुल समेत निर्माण गरिने आचार्यले बताए ।

दुर्घटना स्थलमा अझै यति एअरको जहाजका भागहरू बाँकी छन् । दुर्घटना स्थलको खोचमा झाडी पलाइसकेको छ ।

जहाज दुर्घटनाबारे जाँचबुझका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले चालककै लापरबाहीले जहाज दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा