जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरको आदर्शवस्तीमा निःशुल्क स्वास्थ्य शिविर

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका-१८ आदर्शवस्तीमा शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

ललितपुरको चाकुपाटस्थित जिएनपी अस्पताल तथा ग्रिन नेपाल प्रोमोशन प्रालीको प्राविधिक सहयोग र आदर्श बस्ती समाजको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा उच्च रक्तचाप, मधुमेह, नशा तथा हाड जोर्नीसहित विभिन्न रोगका करिब १ सय ५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिएनपी अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेश राईले जानकारी दिए।

स्वास्थ्य शिविरका सहभागीलाई डा. राई, डा. विजय लामिछाने, ग्रिन नेपाल प्रेमोशन प्रा.लि. का अध्यक्ष रामकुमार राई र प्रशासन प्रमुख पुरुषोत्तम कोइरालाले प्राकृतिक उपचार पद्धति, उपचार विधि, शारीरिक व्यायाम, स्वच्छ जीवनशैलीका लागि अपनाउनुपर्ने पूर्व सावधानी र खानपानलगायत विषयमा सचेतनामूलक जानकारी दिएका थिए ।

वंशाणुगत र घटना विशेषका कारणबाहेक मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको डा. राईले बताए ।

खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सकिए धेरै रोगबाट बच्न सकिने डा. राईको भनाइ थियो ।