जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा स्कुल बसको ठक्करबाट ३ वर्षे बालकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा शुक्रबार आज दिउँसो स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार बाल प्रतिभा बोर्डिङ स्कुलको ग १ क ४०८२ नम्बरको बसले दिउँसो पौने ३ बजेतिर सोही विद्यालयको नर्सरीमा अध्ययनरत कार्कीलाई बसबाट झरेर घर तर्फ जाने क्रममा ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट काउलेका तेजबहादुर कार्कीको छोरा बर्ष ३ का समिर कार्की रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।