जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
राष्ट्र गौरव अभियानले पोखरामा पृथ्वीचोकमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिक जुनसुकै हालतमा राखेर छोड्ने घोषणा गरेको छ ।
शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको सालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्ने घोषणा गरेका हुन् ।
उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मुर्ति राख्ने दाबी गरे , पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०/५० फिटको सालिक राख्ने घोषणा गर्दछु उनले भने ।
पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो सालिक कहीँ हुने छैन ।’ कुनैबेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक संरक्षण गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयको नेतृत्व आफूहरूले पोखरामा गरेको
कार्यक्रम देखेर झस्किएको र थ्रेट महशुस गरेको कोइरालाले सुनाए ।
अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखेर उनको योगदानको सम्मान गरिनुपर्ने बताए । लखन थापाको सालिक पोखरा
महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ, इतिहासविद् हरिप्रसाद सोडारी लगायतले बोलेका थिए ।