जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा प्रथम कृषि यान्त्रीकरण प्रदर्शनी हुने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रर्दशनी २०८० आयोजना हुने भएको छ । नेपाल कृषि मेशिनरी ब्यवसायी संघ, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र,गण्डकी प्रदेश कृषि विकास निर्देशनालय र पोखरा महानगरपालिकाको आयोजनामा प्रदर्शनी हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रर्दशनी पौष २० देखि २२ गते सम्म पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा हुने नेपाल कृषि मेशिनरी ब्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रबिधि,बिभिन्न कृषि औजार,उपकरण,यन्त्रहरु तथा सेवाहरुको बारेमा प्रदर्शनीमा जानकारी दिइने अध्यक्ष शर्माले खुलाए । प्रदर्शनीमा करिव ६० भन्दा बढी स्टहरु रहनेछन् भने कृषियन्त्र,औजार,उपकरण प्रबिधिहरु १० भन्दा बढी मुलुकका १ हजार भन्दा बढी प्रकारका उपकरण तथा प्रबिधिहरु कृषि यान्त्रीकरण प्रबद्र्धन सम्बन्धी गोष्ठी,सेमिनार,रैथाने वालीहरुको परिकार समेत प्रदर्शन हुने शर्माले जनाए ।

गण्डकी प्रदेश कृषि बिकास निर्देशनालयका प्रमुख बासुदेव रेग्मीले प्रदर्शनीले गण्डकी प्रदेशमा कृषिमा बढ्दै गएको यन्त्रीकरण उपकरण प्रयोगमा सहयोग पुग्ने बताए ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले प्रदर्शनीले रैथाने वाली संरक्षणमा सहयोग पुग्ने बताए ।
२०७१ सालमा स्थापना भएको संघले यस अगाडि चितवन,बाँके,काठमाडौं र सुनसरीमा प्रदर्शनी सम्पन्न गरिसकेको छ ।