जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा तास खेलिरहेका नौजना नगद सहित पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीमा जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरपालिका–८, न्युरोडमा बस्दै आएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ की दीपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा नौजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दीपा र अरू आठजनालाई नगद एक लाख २२ हजार १७५ रुपैयाँ र चार बुक ताससहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा पोखरा -८ न्युरोड बस्ने ३५ वर्षीया दिपा पुन, पोखरा -१ बगर बस्ने ५४ वर्षीय जित बहादुर गुरुङ , पोखरा ११ बस्ने ३६ वर्षीय दिप्लव चोचाङ्गी , पोखरा सराङकोट बस्ने ३६ वर्षीया पवित्रा ढकाल , पोखरा -११ फुलबारी बस्ने ७१ वर्षीय तिर्थ बहादुर गुरुङ , पोखरा -१७ बिरौटा बस्ने ५० वर्षीया आइती गुरुङ , रुपा गाउँ पालिका घर भइ हाल पोखरा १० रामबजार बस्ने ३५ वर्षीय अमर खनाल ,पोखरा -१४ बस्ने ३६ वर्षीय कुल बहादुर गुरुङ र पोखरा -१७ बिरौटा बस्ने ३२ वर्षीय नवीन थापा रहेका छन ।

पक्राउ परेकाहरुलाइ सार्वजनिक हित , स्वास्थ ,सुरक्षा र नैतिकता विरुद्धको कसुर जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।