जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जिप चोरी गरेको आरोपमा १ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा जिप चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा रहेको अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरिराखेको जिप बुधबार बिहान साढे १ बजे ग२च २३४३ नम्बरको बोलेरो जिप चोरेका हुन् । उनले जिप लिएर जाँदै गर्दा पोखरा १४ समिनतराबाट जिपसहित पक्राउ गरिएको हो ।

जिप चोरी भएको भन्ने सुचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार बाट खटिएको टोलिले जिप चलाइ रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना बस्ने २० वर्षीय गोविन्द परियार रहेका छन ।

परियारलाइ चोरी तथा डाँका सम्बन्धि मुद्दामा ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।