जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा एटीएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा टिकाराम पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा एटीएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले १ जनालाइ प्रकाउ गरेको छ ।

पोखरा महानगर पालिका वडा नम्बर ५ जिरो किलोमीटरमा रहेको एनएवि NMB बैंकको एटीएममा हातको मुक्काले हान्दै तोडफोड गर्दैगरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का २७ वर्षीय राजकुमार भन्ने टिकाराम पौडेल हुन । उनी हाल पोखरा १७ बिरौटामा बस्दै आएका छ्न ।

पौडेललाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।