जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरातर्फ आउँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा चालकसहित ३२ जना यात्रु घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबारीमा बिहीबार बिहान  बस पल्टिँदा चालकसहित ३२ जना यात्रु घाइते भएका छन् ।

वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याएको छ ।

घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको मणिपाल शिक्षण अस्पताल पोखरा र २९ जनाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।