जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको महेन्द्रपुलमा गएराति चक्कु प्रहार गर्दा एक घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको महेन्द्रपुलमा गएराति एक युवाले चक्कु प्रहार गर्दा एक घाइते भएका छन ।

महेन्द्रपुल स्थित मोबाइल टावर अघि एक युवाले चक्कु प्रहार गरेको एक स्थानीयले बताएका छन ।

मोबाइल टावरमै रहेका मोबाइल प्रोमोटरहरुको सनिबार बनभोज कार्यक्रममा सामान्य विवाद भएको स्रोतको दाबी छ ।

बनभोज सकाएर घर फर्किएपछी महेन्द्रपुलको प्रहरी विटदेखि करिब ५० मिटर तल चक्कु प्रहार भएको स्रोतको दाबी छ । चक्कुले घाइतेकाे काँध र ढाड बिचकाे भागमा चाेट लागेकाे छ ।

घाइतेकाे मेडीप्लस हस्पिटलमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार बिकले जानकारी दिए । चक्कु प्रहारबाट घाइतेकाे विवरण खुल्न बाँकी छ ।