जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर एक रुपैयाँले घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ २६ पैसा र डिजेल लिटरमा ८३ पैसा घटेर आए पछि मूल्य घटाएको निगमले जनाएको छ।

निगमका अनुसार पोखरामा पेट्रोलको मूल्य लिटरको १ सय ६६ रुपैयाँ र डिजेलको मूल्य लिटरको १ सय ५६ रुपैयाँ कायम भएको छ। घटेको मूल्य सोमबार राती ११ बजेबाट लागू हुने निगमले जनाएको छ।