जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोल डिजेल र एलपी ग्यासको मुल्य बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।

यससँगै पोखरामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।