जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईंलाई पृथ्वीचोकमा कार्यक्रम गर्न प्रशासनले दिएन , प्रदर्शनी केन्द्रमा गर्ने तयारी

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका देश दौडाहामा हिंडेका दुर्गा प्रसाईंलाई प्रशासन कार्यालयले पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोकेको आज पत्रकार सम्मेलन गरे जानकारी दिएका छन् ।

प्रसाईंले शुक्रबार पृथ्वीचोकमा कार्यक्रम गर्ने तयारी गरेका थिए । तर प्रशासनले सो क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको प्रसाईंले जानकारी दिए ।

प्रसाईंले शुक्रबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरेको बताए । कार्यक्रमलाई राप्रपाले समर्थन गरेको छ ।

आज नै बाग्लुङमा प्रसाईं माथि हातपातको प्रसास भएको थियो ।