जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

त्रिशूली दुर्घटना अपडेट : बोलेरो चालक अर्को गाडी चढेर गए

जन्मभुमि खबर ,
पोखरा ।

त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरोमा चालक बाहेक अन्य यात्रु नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार बोलेरो चालक पुरुष पनि सकुशल रहेको जानकारी आएको छ ।

उनले बिहान ४ः४० बजेको समयमा एक ट्याङ्कर चालकले भिजेको र डराएको अवस्थाका एक व्यक्ति सोही ठाउँबाट ट्रक चढेर नारायणगढतर्फ गएको देखेको बताएको जानकारी दिँदै उक्त सेतो रङको बोलेरोमा अन्य व्यक्ति नभएको प्रारम्भिक अनुसन्धानबाट पाइएको जानकारी दिए ।
गाडी दुर्घटना हुनु अघि चालकले हाम फालेर ज्यान जोगाएको र अर्को गाडीमा कतै गएको उनीहरुले हामीलाइ जानकारी दिएका छन्।’

यद्यपि उक्त चालकको परिचय भने नखुलिसकेको जानकारी दिए ।