जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालक सफल राना मगरको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आइतबार राति  पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नं.को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि उनको भनाई छ ।