जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टुँडिखेलमा माघी : गेटमा च्यापिएर आठजना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

माघे संक्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा भागदौड हुँदा ८ जना घाइते भएका छन् । मगर र थारु समुदायले आयोजना गरेको फरक–फरक कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणको भीड अनियन्त्रित हुँदा भागदौड सुरु भएको थियो ।

उक्त भागदौडमा ८ जना घाइते भएको प्रहरीले जनाएको छ। भीडमा च्यापिएर घाइते भएकाहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

कार्यक्रममा सहभागिताका लागि भित्र पस्ने र बाहिर निस्किनेहरुको घुँइचो बढेपछि केही तनाव भएको थियो। सामान्य झडप भागदौडमा परिणत हुँदा भीड अनियन्त्रित हुँदै च्यापिएर ८ जना घाइते भएका हुन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको छ ।