जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टाइगर कप भलिबल : पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एपिएफ क्लबले उचाल्यो उपाधि

जन्मभुमि खबर ,
पोखरा ।

टिपटप हेल्प नेपाल पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । घरेलु टोली गण्डकीले ३(१ को सेटमा स्तब्ध बनाउँदै उपाधि रक्षा गरेको हो ।

लगातार २ सेट जितेको हेल्प नेपालले तेस्रो सेट गुमायो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै ५ लाख ५५ हजार ५ सय ५५ जित्यो । दोस्रो बनेको गण्डकीले २ लाख ५५ हजार ५ सय ५५ जित्यो ।

पुरुषतर्फ एपिएफ तेस्रो बनेर १ लाख ५५ हजार ५ सय ५५ पायो । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २५–२५ हजार र अन्य विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

प्रतियोगिताको महिलातर्फको उपाधिमा भने सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ह्याट्रिक गरेको गरिसकेको छ । शनिबार भएको फाइनलमा चन्द्रागिरी न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले तेस्रो पटक उपाधि कब्जा गरेको हो ।

महिला/पुरुष दुवैतर्फका उपाधि विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ र उपविजेताले दुई लाख ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पाएको छ । यस्तै तेस्रोले एक लाख २५ हजार पाँच सय ५५ रुपियाँ पाएको छ ।