जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जिसस कास्कीद्वारा बिजयपुल खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन

जन्मभुमि खबर ,
पोखरा ।

जिसस कास्कीले बिजयपूल खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन गरेको छ ।

प्रमुख लिलाधर पौडेल नेतृत्वमा काहुखोला बिजयपुर काफलघारी सडक अन्तर्गत पोखरा महानगरपालिका वडा न १३ र २८ जोड्ने बिजयपुल खोला ,कसेरीमा निर्माणाधीन पूलको अनुगमन सम्पन्न भएको हो ।

उप प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , सदस्य राजु अधिकारी , हर्क बहादुर गुरुङ , सडक डिभिजन कार्यालयका प्रमुख नवराज बास्तोला सहित प्राबिधिक इन्जिनियर सम्मिलित अनुगमन टोलिले आयोजनाको निर्माण प्रक्रिया सहित अन्य प्राबिधिक पक्षको जानकारी लिएको थियो ।

सो अबसरमा प्रमुख लिलाधर पौडेलले हालसम्मको कार्य प्रगति सन्तोसजनक पाइएको बताउदै अबको बाकी कार्यमा गुणस्तरमा ध्यान दिदै समयमै निर्माण सम्पन्न निर्माण ब्यबसायी र प्राबिधिक सहित स्थानिय सरोकारवालाहरूलाइ आग्रह गरे ।

बि स २०७२ सालमा निर्माण कार्य शुरूभएको सो पूलको निर्माण कम्पनीको लापरबाहीका कारण उक्त कम्पनी संगको सम्झौता रद्ध गरि नयाँ सम्झौता अनुसार निर्माण कार्य अगाडि बढेको बताइएको छ ।

हाल धनथान भिमज्योति कन्स्ट्रक्सन भरतपुरले निर्माण गरिरहेको सो पूल २०८० असारमा सम्झौता भएर २०८२ फागुन मसान्त भित्र करिब ७ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।