जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की प्रहरीद्वारा ७७ जना फरार प्रतिवादी पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका फरार ७७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पुस १ गतेदेखि २९ गतेसम्मको अवधिमा अदालतबाट फैसला भइ फरार रहेका प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो ।

उनीहरुबाट १६ वर्ष २ महिना १४ दिन कैद सजाय र ३ लाख ३ हजार ७०५ रुपैउाँ जरिवानासमेत भुक्तान गरिएको छ ।

पक्राउ गरिएकाहरुमध्ये चेक अनादार मुद्दाका ४४ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दाका ३ जना, जालसाझी मुद्दाका ३ जना, लागू औषध मुद्दामा १३ जना, अभद्र व्यवहार मुद्दाका १ जना, झुट्टा विवरण पेश गरी नागरिकता लिएको  मुद्दामा १ जना, जुवातास मुद्दामा ३ जना, केही सार्वजनिक अपराध मुद्दामा १ जना, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्दामा २ जना, ज्यान सम्बन्धी मुद्दामा १ जना, सवारी ज्यान मुद्दामा १ जना, गैर कानूनी कारोबारसम्बन्धी मुद्दामा १ जना, अपुतालि हक कायम सम्बन्धी मुद्दामा १ जना र लेनदेन (बिगो सम्बन्धी) मुद्दामा २ जना रहेका छन् ।