जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा नदिजन्य पदार्थको चोरी निकासी गर्ने २ टिप्पर प्रहरीको नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने दुईवटा टिप्परलाई लाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १ जौवारी बाट ढुङ्गा लोड गरि पोखरा तर्फबाट ल्याउदै गरेको अवस्थामा ग २ ख ३०९ र लु २ ख ८१६ नम्बरको टिप्परलाई चेकजाँच गर्दा प्रयोजन खुल्ने कागजात नभेटेपछि बगर प्रहरी टोलिले नियन्त्रणमा लिइएको हो ।

थप अनुसन्धानका लागि टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि पोखरा महानगरपालिकाको कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।