जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौंबाट नक्कली डाक्टर पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौंबाट नक्कली डाक्टर पक्राउ परेका छन् ।

सोमबार प्रहरीले मोरङको विराटनगर महानगरपालिका-२ का नक्कली डाक्टर ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो । धवलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार नक्कली डाक्टर भट्टाचार्यले अहिलेसम्म ४० भन्दा बढी बिरामीको उपचार गरेको बयान दिएका छन् । भट्टाचार्यले चीनबाट एमबीबीएस उत्तीर्ण गरेको र अहिले त्रिवि शिक्षण अस्पतालमा काम गरिरहेको बताउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भट्टाचार्यले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्रका आधारमा धवलागिरि पोलिक्लिनिक चलाउँदै आएका थिए । पक्राउ परेका भट्टाचार्यमाथि प्रहरीले लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।