जन्मभुमि खबर ,
पोखरा ।
पोखराबाट प्रशारित एभरेस्ट एफएम को सहकार्यमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भुमिका विषयक रेडियो परिचर्चा कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख वक्ताका रुपमा प्रा.डा. ज्ञान बहादुर कार्कीले नेपाल रास्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भुमिकाको चर्चा गर्दै अब इतिहासको चर्चा मात्र गर्ने नभई इतिहासलाई समृद्धिका लागि उपयोगसमेत गर्नुपर्ने बताएका बताएका छन् । उनले राजनीतिक परिवर्तनका घटनाक्रम चलिरहने भए पनि इतिहासलाई कहिल्यै मर्न दिन नहुनेमा जोड दिए ।
उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशबाट सिकेर सबै एकताबद्ध भई समृद्धिको उचाइ हासिल गर्नतर्फ लाग्नुपर्ने बताए । उनले शाहको कुसल नेतृत्व र दूरदर्शिताका कारण आज नेपाल विश्वसामु परिचित भएकोले यसको अनुकरणीय कार्यको सबै क्षेत्रले अनुशरण गर्नु आवश्यक भएको बताए ।
नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका विभिन्न विद्यालयका करिव ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।