जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : जावलाखेललाई हराउदै थ्री-स्टार फाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा आज भएको खेलमा जावलाखेललाई १-० ले हराउदै थ्री-स्टार फाइनलमा पुगेको छ ।

थ्री स्टारलाई जिताउन दाेस्राे हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले ७८ औं मिनेटमा गोल गरे । घलेले टिममेट दीपेश आलेकाे असिस्टमा गाेल गरेका हुन् ।

थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

भोलिको खेल त्रिभुवन आर्मी क्लब र चर्च व्याइज युनाइटेड क्लब बिच प्रतिस्पर्धा हुनेछ ।