जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : एपीएफलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं संस्करणको आहा रारा गोल्ड कपमा आज भएको खेलमा विभागीय डर्बीमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो ।

पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले मंगलबार हुने क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।

भोलि शनिबारको खेल पारो फुटबल क्लब र थ्रीस्टार फुटबल क्लब र बिच प्रतिस्पर्धा हुनेछ ।